हिमाली आवाज । पोखरामा सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरीसको बिक्री सुभारम्भ गरिएको छ ।
सुजुकीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता विवि इन्कर्पोरेटेड प्रालि पोखराले पोखरामा नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको हो । विवि इन्कर्पोरेटेड प्रालिका म्यानेजिङ डाइरेक्टरद्धय दयालक्ष्मी बतास र शुलभ बतासले गाडीको शुभारम्भ गर्नुभयो ।
भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम समिश्रणका रूपमा यो एसयूभीलाई बजारमा ल्याइएको विवि इक्र्पोरेटेडका विजनेश हेड राजेश रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन् ।
विजनेश हेड रानाभाटले भन्नुभयो,“आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार छन्। उनीहरूको सोही आकांक्षा र आवश्यकतालाई पूरा गर्न हामीले पोखरा र गण्डकी प्रदेशमै भिक्टोरिस सार्वजनिक गरेका हौं। ल्याटिन भाषामा भिक्टोरिसको अर्थको अर्थ ‘विजय हुन्छ। हामी पूर्ण विश्वस्त छौं कि यसको ५ स्टार सुरक्षा र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्नेछ ।”
यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक रोड अवारनेस र सुरक्षाका लागि लेभल–२ एडीएएस प्रणालीले सुसज्जित छ । अत्याधुनिक सेफ्टी फिचर्स, रोड अवारनेस र मजबुत सुपेरियर बुइल्ड क्यालिटीका कारण सो गाडीले ग्लोबल एनक्यापबाट ५ स्टार रेटिङ हासिल गर्न सफल भएको छ । ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले जानकारी दिनुभयो।
आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५ को अवार्ड समेत जित्न सफल भएको छ ।
कम्पनीले गाडीको लन्चिङ अफर मूल्य मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै, लन्चिङ अफर र मूल्य अन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाख सम्म सम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि तथा पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने डिलर इन्चार्ज शायल दत्तले जानकारी दिनुभयो।

