नेपाल स्टक हाउसले पोखरामा दियो शेयर लगानीकर्तालाई सचेतना तालिम

हिमाली आवाज । नेपाल स्टक हाउस प्रालि (ब्रोकर नं १४) ले पोखरामा लगानीकर्ताहरुलाई तालिम दिएको छ ।

स्टक हाउसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर लगानीकर्ता सचेतना तथा तालिम सम्पन्न गरेको हो । पोखरा उद्योग बाणिज्य सघका वरिस्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य को प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा वरिस्ठ लोक गायक पुरुषोत्तम न्यौपाने तथा गण्डकी इंभेस्टर फोरमका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

नेपाल स्टक हाउस पोखरा शाखा प्रमुख गोकुल रिमालले धितोपत्र बजारमा लगानी गरिरहेका आफ्ना ग्राहकहरुलाई सेयर कारोबारको समग्र पक्षका बारेमा जानकारी दिने तथा सेवालाई अझ स्तरीय बनाउने सन्दर्भमा आवश्यक सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

“ नेपाल स्टक हाउस पोखरा शाखाले हाम्रा ग्राहकहरुलाई सहज र सरल रुपमा बजारमा कारोवारको सुविधा दिएका छौँ । हाम्रो सेवालाई अझ बढी प्रतिस्पर्धी, स्तरीय र आधुनिक बनाउने गरी काम गरिहेका छौँ । यसमा ग्राहकको सुझाव अझ बढी आवश्यक हुन्छ । ” शाखा प्रमुख रिमालले हिमाली आवाजसँग भन्नुभयो।

कार्यक्रममा स्टक हाउनका सिए आशिश लामिछानेले निकट भविष्यमा धेरै सुविधाहरु रहेको आफ्नै मोवाइल एप्लिकेशन ल्याउन लागिएको जानकारी दिनुभयो।

प्राविधिक विश्लेषक नरेशराज पोखरेलले लगानीकर्ताहरुले कुनै पनि कम्पनीमा लगानी गर्दा बुझेर, अध्ययन गरेर र प्राविधिक पक्षलाई समेत हेरेर लगानी गर्न सुझाव दिनुभयो ।

उहाँले सेयर बजार सम्बन्धि बेसिक,फण्डामेण्टल र टेक्निकल एनालाईसिसका विषयमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा स्वागत मंतव्य पोखरा कार्यालयमा कार्यरत नारायण पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा कार्यक्रममा सेयर लगानीकर्ता, बैँकर्स, उद्योगी, ब्यापारी, सहकारीकर्मी, विद्यार्थी गरी ३ सय ५० जनाको सहभागिता रहेको थियो। राजधानी काठमाडौँमा प्रधान कार्यालय रहेको नेपाल स्टक हाउसको पोखरा र नुवाकोटमा शाखा कार्यालयहरु रहेका छन् ।

Comments
Loading...