नेपाल निर्माण व्यवसायी संघको ३९ औँ स्थापना दिवसः खुला रक्तदानमा ३९ युनिट रगत संकलन

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीले स्थापनाको ३९ औँ बार्षिकोत्सव मनाएको छ । संघले स्थापना दिवसका अवसरमा आज खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।संघको कार्यालय पोखरा–७ टुरिष्टबसपार्कमा आयोजित कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिमप्रकाश मल्लले पहिलो रक्तदाता संघका पूर्वअध्यक्ष ओमप्रसाद गौचन ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक कार्यक्रम गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष लिलकाजी गुरुङले संघको स्थापनामा योगदान गर्ने अग्रज निर्माण व्यवसायीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले अग्रजले देखाएको बाटोमा संघलाई अघि बढाउन आफ्नो नेतृत्वको टिम सदैव क्रियाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, संघका पूर्वअध्यक्ष चिरञ्जिवि पोखरेल, महासंघ गण्डकीका अध्यक्ष टंकराज बराल लगायतले संघको विगत र वर्तमानका विविध पक्षका बारेमा भनाई राख्नुभयो ।

संघका अध्यक्ष लिलकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रेम पहारी र सञ्चालन सचिव डम्बरराज ढकालले गर्नुभएको थियो ।

सोही अवसरमा संघमा आवद्ध व्यवसायीहरु विभिन्न शैक्षिक, सामाजिक तथा पेशागत संघसंस्थाको जिम्मेवारीमा पुगेकामा बधाई ज्ञापन गरिएको थिययो ।

संघका पूर्व अध्यक्ष राजेन्द्र पहारी जनप्रिय बहुमुखी क्याम्पस पोखराको अध्यक्षमा निर्वाचित, पूर्वउपाध्यक्ष सुवर्ण श्रेष्ठ पार्दी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, संघका सचिव डम्बरराज ढकाल गण्डकी ट्रयाक्टर तथा मिनि ट्रक यातायात प्रालिको अध्यक्ष र संघका सहसचिव धुव्र भट्टराई लेखनाथ उद्योग वाणिज्य संघको द्धितीय उपाध्यक्षमा निर्वाचित हुनुभएकामा खादा लगाएर सम्मान गरिएको हो ।

प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले खुला रक्तदान कार्यक्रम गरी ३९ युनिट रगत जम्मा गरेकामा संघलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

Comments
Loading...