हिमाली आवाज ।निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगनकुमार थापाको पक्षमा रहेको ठहर गरेको छ। पार्टीभित्रको विवाद टुंग्याउँदै आयोगले थापालाई सभापतिका रूपमा मान्यता दिने निर्णय गरेको हो।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्ने क्रममा आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैध ठहर गरेको जनाएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले उक्त निर्णयमा सहमति जनाउनुभयो भने आयुक्त सगुनशमशेर राणाले मात्र असहमति प्रकट गरेको स्रोतले जनाएको छ ।

