हिमाली आवाज । आसन्न फागुन २१ गतेको निर्वाचनका लागि नेकपा(एमाले)ले कास्कीका तीन वटै क्षेत्रमा उम्मेदवार टुँगो लगाएको छ ।
एमालेले कास्की क्षेत्र न १ मा बैनबहादुर अधिकारी, क्षेत्र नं २ मा कृष्ण थापा र क्षेत्र नं ३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेबाट उम्मेदवार बन्न लागेका तीनै जना पटक पटक अवसर पाएका नेतामा पर्दछन् । अधिकारी जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुख हुनुहुन्छ । थापा पोखराका पूर्व मेयर, पूर्व प्रदेश सांसद हुनुहुन्छ ।
बैरागी निर्वतमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । यसपटक एमालेले युवा उम्मेदवारलाई प्राथमिकता दिने कार्यकर्ताले विश्वास गरेपनि नेतृत्वले भने पुरानै अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले महिला, दलित, जनजाति र युवालाई उम्मेदवार नबनाएपछि कार्यकर्ता असन्ततुष्ट बनेका छन् ।

