हिमाली आवाज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा उम्मेदवारी दिएको तथा समर्थन र प्रचार–प्रसारमा संलग्न भएको आरोपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले आज जारी गरेको संयुक्त विज्ञप्तिमा पार्टीका निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरिएको जनाइएको छ ।
निष्कासनमा पर्नेहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद के.सी. (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवछ साह (सिरहा) रहेका छन्।

