हिमाली आवाज । पोखराको कालिका बहुमुखी क्याम्पसमा एम वि एस प्रथम सेमेष्टर, विद्यार्थीहरुकालागि एक दिनका् स्वागत तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
व्यवस्थापन संकायका विभागीय प्रमुख सन्तोषमणी लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख बिरन्जी गौतमले क्याम्पसको पृष्ठभुमि, पाँच वर्षे रणनितिक योजना बार्षिक कार्यक्रम र सेमेष्टर कार्यक्रम विच भिन्नताका वारेमा प्रस्तुतीकरण गर्नुभयो । साथै उहाँले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको लागि सिप,व्यवहारीक ज्ञान र रोजगारीका लागि विभिन्न रोजगारमुलक सस्थाहरुसंग भएको सम्झौताका वारेमा जानकरी प्रदान गर्दै विद्यार्थीहरुले उक्त अवसरहरुलाई सदुप्रयोग गर्नु पर्ने विचार व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख गौतमले क्याम्पसमा स्थापना भएको इन्क्युभेसन केन्द्र मार्फत उद्यमशिल भई स्वदेशमा नै केही गर्ने सकिन्छ भन्ने उदाहरण बन्न नव आगन्तुक विद्यार्थीहरुलाई प्रेरित गर्नुभयो ।
प्राध्यापक माधव बरालले स्नाकोत्तरमा अध्ययनरत विद्यार्थीहरु अनुसन्धानमा बढी केन्द्रित हुनु पर्ने र त्यसका लागि कालिका अनुसन्धान केन्द्र मार्फत लघू अनुसन्धानलाई प्रोत्साहन गर्न प्रति अनुसन्धान रु २५ हजार प्रदान गदै आएको जानकारी दिनुभयो ।
उप– प्राध्यापक सुनिल कोइरालाले एम वि एस मा पढाई हुने विषयहरु र परीक्षा प्रणालीका वारेमा जानकारी प्रदान गर्नुभयो । कार्यक्रमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गदै सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले विद्यार्थीहरुलाई केन्द्रमा राखि क्याम्पसले आफ्नो शैक्षिक गतिविधि संचालन गरेको वताउदै उपस्थित विद्यार्थीहरुलाई खादा लगाई स्वागत गर्नुभयो ।
गोष्ठीमा शिक्षक र विद्यार्थी गरी ४१जना सहभागी रहेको कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख युवराज गुरुङ्गले गर्नु भएको थियो ।

