हिमाली आवाज । पोखराको बुद्धविशालबजारमा अवस्थित विशाल बचत तथा ऋण सहकारी संस्थाले सदस्य विस्तारित भेला सम्पन्न गरेको छ ।
सहकारीको वार्षिक कार्ययोजना अन्तर्गत रहेको सदस्य विस्तारित मञ्च भेला सहकारी संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको संयोजन व्यवसाय प्रर्वद्धन उपसमिति मार्फत गरिएको थियो ।
संस्थाका कोषाध्यक्ष ईन्द्रराज अर्यालले संचालन गनुभएको कार्यक्रममा संचालक रमादेवी शर्माले स्वागत गर्नुभयो । सहकारीका सात सिद्धान्त वाचन व्यवसाय प्रवद्र्धन उपसमिति सदस्य ईश्वरी प्रसाद आचार्यले गर्नुभएको थियो । कार्यक्रममा करिब ३०० जना सदस्यहरुको उपस्थिति थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले अर्धवार्षिक कारोबारको पूर्ण विवरण पेश गर्नुभएको थियो भने उक्त आर्थिक विवरण एवम् सहकारी व्यवसायका वर्तमान चुनौतीहरुको बारेमा संस्थाका वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकालज्यू आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको व्यवसाय प्रवद्र्धन उपसमितिका सदस्य सगन बज्राचार्य र लिला पुनले सदस्य भेला लगायतको अन्य विविध पक्षमा संचालक समिति एवम् व्यवस्थापन पक्षसंग समन्वय गरी सदस्यहरुलाई विस्तारित मञ्चको पृष्ठपोषण फारम वितरण गर्नुभएको थियो ।
संस्थाको खेलकुद उपसमितिका संयोजक अम्बर बहादुर गुरुङको संयोजकत्वमा कर्मचारी, सदस्य र बाल सदस्यहरु बिच खेलकुद एवम् मनोरञ्जन सम्बन्धी कार्यक्रमहरु गरिएको थियो ।
संस्थाका अध्यक्ष शिव शर्माले विस्तारित मञ्च भेलालाई भव्य रुपमा सफल पार्न सक्रिय सहभागिता जनाउनुहुने निवर्तमान अध्यक्ष भुवन नेम्कूल कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, लेखा संयोजक रामकृष्ण दुवाडी,संचालक व्यवस्थापन समूह र अन्य विभिन्न उपसमितिका सदस्यहरु प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्दै विशाल बचतले सदस्यहरुको मनोभावना बुझन् यस प्रकारको भेलाहरुलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


