हिमाली आवाज । पोखरामा महिन्द्राको Electric Origin SUVs सार्वजनिक गरिएकाे छ ।
नेपालका लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा. लि. ले पोखराका लागि आधिकारिक वितरक बि.बि. इन्कर्पोरेटेड प्रा. लि. सँगको सहकार्यमा इलेक्ट्रिक ओरिजिन एसयूभीहरू BE 6 र XEV 9e पोखरामा सार्वजनिक गरेको हाे ।
यही चैत ३ गतेदेखि ५ गतेसम्म यी नयाँ इलेक्ट्रिक भिएकलहरू पोखराका मनिपाल, सेल्सवे डिपार्टमेन्ट स्टोर, लेकसाइड तथा गण्डकी मेडिकल कलेज परिसरमा प्रदर्शनीमा राखिएका छन्। महिन्द्राको उन्नत INGLO प्लेटफर्ममा आधारित र विश्वकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरमध्ये एक मानिने MAIA द्वारा सञ्चालित यी eSUV हरूको आगमनले पोखरामा इलेक्ट्रिक सवारीको नयाँ युगको सुरुवात गरेको छ। BE 6 र XEV 9e मा महिन्द्राको हार्टकोर डिजाइन दर्शनको प्रतीक झल्किन्छ, जसले साहसी नवप्रवर्तन र भावनात्मक आकर्षणलाई एकसाथ जोड्छ। BE 6 ले प्रदर्शन र साहसिक यात्राबाट प्रेरित स्पोर्टी र एथलेटिक डिजाइन प्रस्तुत गर्छ भने XEV 9e ले अझ परिष्कृत, विलासी SUV कूपे शैलीमार्फत फरक अनुभव दिन्छ। दुवै सवारी चालकसँग गहिरो भावनात्मक सम्बन्ध स्थापना गर्ने उद्देश्यले डिजाइन गरिएकाले सबैकाे राेजाइमा पर्ने विवि इन्कपाेरेटेडका प्रवन्धक राजेश रानाभाटले हिमाली आवाजलाइ जानकारि दिनुभयाे ।
BE 6 को प्रारम्भिक मूल्य रु. ५७ लाखबाट सुरु भई Pack ONE ABOVE, Pack TWO र Pack THREE SELECT गरी तीन भेरियन्टमा उपलब्ध रहेको छ। XEV 9e को मूल्य रु. ६९ लाखबाट सुरु भई Pack TWO, Pack THREE SELECT र Pack THREE भेरियन्टमा उपलब्ध छ। सबै भेरियन्टका लागि बुकिङ खुला गरिएको छ। सीमित अवधिका लागि आयोजना गरिएको यस प्रदर्शनीमार्फत उपभोक्ता तथा सवारीप्रेमीहरूलाई इलेक्ट्रिक फ्युचरको प्रत्यक्ष अनुभव लिन आमन्त्रण गरिएको छ। २०८२ चैत्र ५ भित्र पोखराका विभिन्न प्रदर्शन स्थलहरूमा पुगेर महिन्द्राका Electric Origin SUVहरू नजिकबाट अवलोकन गर्ने अवसर नछुटाउनुहोस्।

