पाेखरामा सुजुकी ई-भिटाराको बुकिङ खुला, शुरूआती मूल्य ४९ लाख ९९ हजार

हिमाली आवाज । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक, सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल सुजुकी ई-भिटारा (Suzuki e–Vitara) को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ ।

यसको महत्त्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा (WADA) अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक शुरूआती मूल्य ४९ लाख ९९ हजार तोकेको छ ।

यो विशेष शुरूआती मूल्य सीमित अवधिका लागि मात्र उपलब्ध छ र शुरूआती भेरियन्टमा लागू हुनेछ । जापानी अटोमेकरले देशमा भित्र्याएको यो पहिलो प्रिमियम BEV हो, जसले नेपाली विद्युतीय गाडी (EV) बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य राखेको छ ।

यो कारले नेपाली विद्युतीय गाडी बजारमा जापानी विश्वसनीयता र उत्कृष्ट इन्जिनियरिङलाई स्थापित गर्ने लक्ष्य कम्पनीले राखेको छ । सुजुकी ई भिटारा दुई ब्याट्री अप्सन ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ, जसमा क्रमश: १ सय ६ किलोवाट र १ सय २८ किलोवाट पावर दिने कम्पनीले जनाएको छ ।

यो नवीनतम् ब्याट्री प्रविधि र उच्च सुरक्षा मापदण्डसहित सुसज्जित छ । यसको भविष्यमुखी डिजाइनले ड्राइभिङको आराम र रोमाञ्चकतालाई नयाँ उचाइमा पुर्‍याउनेछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा देशभर फैलिएको सुजुकीको विशाल सर्भिस नेटवर्कले सबै ग्राहकलाई तनावरहित र ढुक्कको स्वामित्वको अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ । सुजुकीले सन् २०३० सम्म थप ६ नयाँ ईभी सार्वजनिक गर्ने जानकारी पनि कम्पनीले दिएको छ ।

मस्कुलर र बोल्ड एसयूभी ई-भिटाराको बोल्ड पोलिहेड्रल स्टाइलिङ र एरोडाइनामिक डिजाइन, १८ इन्च एरोडाइनामिक अलोय ह्वील र रूफ-एन्ड स्पोइलरले गाडीलाई बलियो र डाइनामिक लुक दिन्छ । नेक्स्ट-जेनेरेसन ३-पोइन्ट म्याट्रिक्स एलईडी र एलईडी प्रोजेक्टर हेडल्याम्पहरूले यसको अगाडिको भागलाई थप आकर्षक बनाएको छ ।

ई-भिटाराको परिष्कृत इन्टेरियरमा डिजिटल ककपिटसहितको ट्विन-डेक फ्लोटिङ कन्सोल, नयाँ बिस्पोक स्टेयरिङ ह्वील, फिक्स्ड-ग्लास सनरुफ, र मल्टि-कलर एम्बियन्ट लाइटिङसहितको सफ्ट-टच डुअल-टोन मेटेरियल प्रयोग गरिएको छ । जसले प्रिमियम अनुभव प्रदान गर्छ ।

यसमा २५.६५ सेन्टिमिटर (१०.१ इन्च) को इन्टिग्रेटेड डिजिटल डिस्प्ले र २६.०४ सेन्टिमिटर (१०.२५ इन्च) को मल्टि-इन्फर्मेसन डिस्प्ले रहेको छ । ‘इन्फिनिटी बाइ हर्मन’को प्रिमियम साउन्ड र वायरलेस कनेक्टिभिटीले यो अनुभवलाई अझ उत्कृष्ट बनाउने कम्पनीले जनाएको छ ।

यात्रीहरूको आरामलाई प्राथमिकता दिँदै ई-भिटारामा भेन्टिलेटेड फ्रन्ट सिट र आफ्नो सेगमेन्टमै उत्कृष्ट १०-वे पावर-एडजस्टेबल ड्राइभर सिट रहेको छ । साथै पछाडिको सिटमा ४०:२०:४० को स्प्लिट कन्फिगरेसन, सजिलो बुट एक्सेस, कप होल्डरसहितको रियर सिट आर्मरेस्ट र रिक्लाइनिङ तथा स्लाइडिङ सुविधा उपलब्ध छ, जसले आवश्यकता अनुसार बुट स्पेस बढाउन मद्दत गर्छ ।

ई-भिटारालाई पूर्णतया नयाँ ईभी प्लेटफर्ममा निर्माण गरिएको छ । यो प्लेटफर्म असाधारण मजबुती, फराकिलो केबिन, र उच्च भोल्टेज सुरक्षामा आधारित छ । २७ सय एमएमको लामो ह्वीलबेस र ५.२ मिटरको कम्प्याक्ट टर्निङ रेडियसले गाडीलाई सजिलै मोड्न र चलाउन सहज बनाउँछ । फ्ल्याट फ्लोर डिजाइनले उच्च-क्षमताको ब्याट्री प्याकलाई सुरक्षित राख्दै केबिन स्पेस बढाएको छ ।

यसको इलेक्ट्रिक पावरट्रेनमा मोटर, इन्भर्टर र ट्रान्समिसन एकीकृत गरिएको उच्च क्षमताको ३-इन-१ प्रणाली रहेको छ । यो ६१ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई लिथियम-आयन ब्याट्री प्याक विकल्पहरूमा उपलब्ध छ ।

‘स्यान्ड टु स्नो’ जस्ता चरम तापक्रममा परीक्षण गरिएका यी ब्याट्रीहरूले माइन ३० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा पनि उत्कृष्ट पर्फर्मेन्स दिन्छन् । यसमा इको, नर्मल र स्पोट्र्स गरी तीन मोडहरू छन् ।

साथै, हिउँ परेको बाटोको लागि ‘स्नो टेरेन मोड’ पनि दिइएको छ । यसमा वान-पेडल ड्राइभिङ अनुभवको लागि प्रभावकारी रिजेनेरेटिभ मोड पनि छ । इनोभेटिभ एडाप्टिभ ग्रिल सटरले गाडीको अवस्था अनुसार आफैं काम गर्छ, जसले गर्दा यसले ५०० किलोमिटरभन्दा बढीको उत्कृष्ट रेन्ज प्रदान गर्छ ।

विस्तृत सुरक्षा सुविधाहरू : हियरटेक्ट ई लेटफर्म ५० प्रतिशतभन्दा बढी हाई-टेन्साइल स्टिलबाट बनेको छ र यसमा इनर्जी एब्जर्बिङ ब्याट्री प्याक माउन्टिङ स्ट्रक्चरसहितको एडभान्स्ड ब्याट्री सुरक्षा प्रणाली रहेको छ । ई-भिटारामा लेभल २ एडास, स्ट्यान्डर्ड ७ एयरब्याग (ड्राइभर-साइड नी एयरब्याग सहित), इलेक्ट्रोनिक पार्किङ ब्रेक, चारै पांग्रामा डिस्क ब्रेक, ई-कलसुविधा, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायतका सुरक्षा सुविधाहरू समावेश छन् ।

यो गाडीको बुकिङ देशभरका सबै सुजुकी शोरुममा खुला गरिएको छ । यो शुरूआती मूल्य सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

Comments
Loading...