हिमाली आवाज । गणतन्त्र दिवसको अवसरमा आज कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नं.–०२ स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. द्धारा हरेक बर्ष गणतन्त्र दिवसमा आयोजना गरिने सो कार्यक्रमले यस बर्ष पनि निरन्तरता पाएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष स्व. ईन्द्र प्रसाद आचार्यकी धर्मपत्नी विष्णु देवि आचार्यले पहिलो रक्तदाता लाई ब्लड ब्याग हस्तान्तरण गरि गर्नुभएको थियो ।
प्रमुख अतिथि आचार्यले माछापुच्छ«े गाउँपालिका भर कार्यक्षेत्र रहेको सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तरगतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरुलाई सहयोग पुगेको बताउनुभयो । साथै उहाँले रगतको अभावमा देशभरका कोहिपनि व्यक्ति उपचारबाट बञ्चित हुन नहोस भन्ने पवित्र उद्धेश्य लिई आयोजना गरिएको रक्तदान कार्यक्रमको लागि संस्थालाई धन्यवाद दिनुका साथै भविष्यमा अझ उत्कृष्ठ कार्यक्रमहरुको लागि पनि सुझाव प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव सपना कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ५१ युनिट रगत संकलन गरि प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरियो । सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गिरिधारी आचार्यले गर्नुभएको थियो ।
