पोखरामा सार्वजनिक भयो नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी

हिमाली आवाज । टिभिएस ब्राण्डको पोखराको आधिकारिक बिक्रेता स्क्वायर्स मोटर्स प्रालिले पोखरामा नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ ।

पोखरामा आज एक कार्यक्रम गरी मोटरसाइकलको बिक्री सुभारम्भ भएको घोषणा गरिएको हो । टिभिएसका अनुसार यो मोडल सबैभन्दा शक्तिशाली मोटरसाइकलमध्ये एक हो।

यसमा पहिलो पटक प्रोजेक्टर हेडलाइट, ३७ एमएम अपसाइड–डाउन अगाडिको सस्पेन्सन, ५ इन्चको टिएफटी डिजिटल डिस्प्ले, डुअल–च्यानल एबीएस तथा स्पोर्ट, सहरी र वर्षा गरी तीन वटा राइडिङ मोड जस्ता आधुनिक सुविधा समावेश गरिएको छ ।

१५९.७ घन सेन्टिमिटर क्षमताको इन्जिन रहेको यो मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएस र सहरी तथा वर्षा मोडमा १५.६४ पीएस शक्ति उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसमा ५ गियर, १२ लिटर क्षमताको इन्धन ट्याङ्की तथा रेसिङबाट प्रेरित प्रविधि प्रयोग गरिएको छ। कम्पनीका अनुसार नयाँ मोडलले उच्च गति, उत्कृष्ट नियन्त्रण, सुरक्षित ब्रेकिङ प्रणाली र रातिको यात्रामा अझ स्पष्ट दृश्यता प्रदान गर्नेछ।

कार्यक्रममा स्क्वायर्स मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले पोखरामा युवा राइडरहरूको बढ्दो बजार भएकाले नयाँ अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरिएको बताउनुभयो । जगदम्बा मोटर्स प्रालिका प्रिमियम सेल्स प्रमुख विपिन बोगटीले नयाँ मोडलका अत्याधुनिक सुविधा, आकर्षक डिजाइन र रेसिङ प्रदर्शनले पोखरा तथा गण्डकी धौलागिरी क्षेत्रका युवामाझ यसको लोकप्रियता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

जगदम्बा मोटर्सका अनुसार नयाँ टिभिएस अपाचे आरटीआर १६० फोर भी म्याट कालो, रेसिङ रातो र मरिन नीलो गरी तीन रङमा उपलब्ध हुनेछ। यसको शोरुम मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको स्क्वायर्स मोटर्सका विक्री प्रवन्धक सन्तोष पोखरेलले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

Comments
Loading...