पोखरामा सार्वजनिक भयो प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘इ.मास ५’

हिमाली आवाज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले पोखराबाट नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ सार्वजनिक गरेको छ । जगदम्बाले पोखराको आफ्नो आधिकारिक बिक्रेता स्क्वायर अटोमोबाइल्स प्रालिसँगको सहकार्यमा पोखरास्थित आधिकारिक शोरुममार्फत बुधबार गाडी सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको इ.मास ५ आधुनिक प्रविधि, उच्च सुरक्षा, सहज सञ्चालन तथा दिगो यातायातलाई प्राथमिकतामा राखेर नेपाली बजारमा ल्याइएको हो। दैनिक प्रयोगका लागि उपयुक्त हुने गरी डिजाइन गरिएको यस गाडीले विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण अझ बढाउने विश्वास कम्पनीले लिएको छ।गाडी सार्वजनिक कार्यक्रममा पोखरा तथा आसपासका क्षेत्रका उद्योगी–व्यवसायीको सहभागिता थियो ।

पर्यटनको राजधानी मानिने पोखराबाट नयाँ विद्युतीय गाडी सार्वजनिक गरिनुले गण्डकी प्रदेशमा हरित यातायातको प्रयोग विस्तार हुने अपेक्षा गरिएको स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले बताउनुभयो । उहाँले कम्पनीले बिक्रीपछिको स्तरिय सेवालाई प्राथमिकतामा राखेर सुविधासम्पन्न सर्भिस सेन्टर समेत स्थापना गरिएको जानकारी दिनुभयो ।

“पोखरा स्वच्छ र शान्त र हरियाली शहर हो, यहाँको स्वच्छ वातावरणलाई दिगो बनाउनका लागि विद्युतीय यातायातको रुपमा इमासलाई भित्राएका छौँ । हामी गाडी मात्र बेच्दैनौँ, भविष्यमा आउने सर्भिस लगायतको सेवालाई स्तरिय बनाउन लागि परेका छौँ । ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले प्रोटोनसँगको साझेदारीलाई थप मजबुत बनाउँदै पोखराबाट इ.मास ५ सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताउनुभयो । अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता तथा प्रतिस्पर्धी मूल्यका कारण इ.मास ५ यस क्षेत्रका ग्राहकको पहिलो रोजाइ बन्ने उहाँको विश्वास छ । प्रोटोन इ.मास ७ ले नेपाली बजारमा पाएको सकारात्मक प्रतिक्रिया पछि इ.मास ५ प्रति पनि उत्साहजनक बुकिङ र ग्राहकको आकर्षण देखिएको उल्लेख गर्दै स्क्वायर अटोमोबाइल्स प्रालिको सम्पूर्ण टोलीप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
मलेसियाको अग्रणी अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ देखि गिली सँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। कम्पनीका अनुसार प्रोटोन इ.मास हाल मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डमध्ये एकका रूपमा स्थापित भइसकेको छ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। सार्वजनिक कार्यक्रमका अवसरमा कम्पनीले प्राइम भेरियन्टको विशेष सुरुआती मूल्य रु २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको रु ३४ लाख ९९ हजार कायम गरेको जनाएको छ । यो अफर पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

इच्छुक ग्राहकहरूले पोखरास्थित प्रोटोन शोरुममा पुगेर नयाँ इ.मास ५ को अवलोकन, टेस्ट ड्राइभ तथा यसको अत्याधुनिक प्रविधिको अनुभव लिन सक्ने बताइन्छ ।

Comments
Loading...