हिमाली आवाज । जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३–८४ को बार्षिक कार्ययोजना सार्बजनिक गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधान अनुसार जिससका काम कर्तव्य र अधिकारमा जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय तथा विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने रहेको बताउनुभयो । उहाँले जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने भन्ने उल्लेख भए मुताबिकका बिषयबस्तुलाइ प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।
जिससले सार्बजनिक तालिका अनुसार जिससको नवौ स्थापना दिवसको अबसरमा कक्षा सात स्तरीय निबन्ध प्रतियोगिता र स्थानीय तह सिमा पुनरावलोकन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भैसकेको जानकारी दिइयो। त्यसै गरेर स्थानीय तहको असल अभ्यास अनुभव आदानप्रदान र वार्षिक समिक्षा कार्यक्रम,स्थानीय तह साझेदारी कार्यक्रम वारे छलफल तथा संझौता,विषयगत कार्यालयहरुको वार्षिक समिक्षा,आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक,गैरसरकारी संस्थाहरुको वार्षिक समिक्षा,जिल्लामा जलविधुत उत्पादन कं तथा संस्थाहरु वीच अन्तरक्रिया कार्यक्रम,स्थानीय तहका वडा सदस्यहरुवीच सेवा प्रवाह असल अभ्यास र समस्या वारे अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम,न्यूनतम पारिश्रमिक तथा श्रम ऐन कार्यान्वयन सम्वन्धमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम,पालिकासंग जिल्ला समन्वय समिति कार्यक्रम,यातयात व्यवसायी ट्राफिक कार्यालय यातायात कार्यालय संग अन्तरकृया,जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारी क्षमता विकास कार्यक्रम समेटिएका छन्।
त्यस्तै सार्वजनिक तथा नीजि विधालयको शिक्षाको गुणस्तर मापदण्ड सम्वन्धमा सरोकारवालासंग छलफल तथा अन्तरकृया ,वालविकास केन्द्र र सिकाइ केन्द्र संग अन्तरकृया कार्यक्रम,स्थानीय शासन कार्यसम्पादन मुल्यांकनको कार्यान्वयन सम्वन्धि स्थानीय तहहरुसंग छलफल,अपांगता भएका व्यक्ति तथा संघसंस्थासंग अन्तरकृया,वालगृह संचालकहरुसंग अन्तरकृया,आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक,उपभोक्ता समूहका पदाधिकारीहरुलाइ प्रशिक्षण,जिल्ला समन्वय समितिहरुवीच अन्तरजिल्ला अनुभव आदानप्रदान कार्यक्रम,जेष्ठ नागरिक सेवा केन्द्र तथा वृद्धा आश्रमहरु संचालकसंग अन्तरकृया तथा छलफल,अन्नपूर्ण संरक्षण क्षेत्र र प्रभावित स्थानीय तहवीच अन्तरक्रिया कार्यक्रम,स्थानीय तहका वडा अध्यक्ष वडा सचिवहरुवीच सेवा प्रवाह असल अभ्यास र समस्या वारे अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम,पालिकासंग जिल्ला समन्वय समिति कार्यक्रम तालिकामा उल्लेख छन् ।
१० औ जिल्ला सभा,अर्धवार्षिक समिक्षा,स्थानीय तह स्वमूल्यांकन कार्यान्वय अनुगमन तथा छलफल,आन्तरिक नियन्त्रण प्रणाली अनुगमन समिति वैठक,प्रदेश तथा स्थानीय तहसंगको समन्वयमा संयूक्त अनुगमन,नदिजन्य तथा खानिजन्य पदार्थ डुगां गिटी वालुवा सम्वन्धि उधोगी व्यवसायी तथा सरोकार वाला निकाय विच अन्तरकृया,जिल्ला भित्रका संघ, प्रदेशका कार्यालय तथा स्थानीय तह र गैरसरकारी क्षेत्रवाट संचालित विकास निर्माण सम्वन्धि कार्यक्रमको विवरण तयार गरी विभिन्न चरणमा अनुगमन, आवस्यक सहजिकरण, सुझाव प्रदानर मार्गदर्शन दिने र दिइएका सुझावहरुको विभिन्न माध्यमवाट सार्वजनिकरण गर्ने जिससले आफ्नो कार्य योजनामा उल्लेख गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
