लेखनाथमा संस्कृत विद्यालय (गुरुकुल)  सञ्चालन गरिने

हिमाली आवाज ।  पोखराको लेखनाथमा संस्कृत विद्यालय (गुरुकुल) सञ्चालन गरिने भएको छ । विश्व हिन्दू महासंघ कास्कीको पहलमा  किमबेशीमा रहेको गोरखनाथ मन्दिर परिसरमा गुरुकुल सञ्चालन गर्न लागिएको हो। महासंघ कास्कीको शनिबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो  ।गुरुकुल सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार गर्न लागिएको महासंघका गण्डकी प्रदेश संयोजक ठाकुर प्रसाद बरालले जानकारी दिनुभयो।संस्कृत विधालाई नयाँ पुस्तासम्म पुऱ्याउने, पुरानो संस्कृत शिक्षालाई पुस्तान्तरण गरि हिन्दू धर्म संस्कृतीको जगेर्ना गर्ने उद्देश्य रहेको महासंघ कास्की अध्यक्ष डा. सुजन पौडेलले बताउनुभयो।

गोरखनाथको मूर्ति २०४० सालमा तत्कालीन राजा महेन्द्रबाट स्थापना गरिएको हो। स्थापना समय देखि वरपर १२० रोपनी जमिन गुठीमा सञ्चालन हुँदै आएको छ।मूर्ति मन्दिरमा ग्रहशान्ति विशेष गरि ग्रहशान्ति, शेरसमर्पण गरिन्छ। मन्दिर परिसरमा भीमसेन भगवानको मन्दिर पनि रहेको छ । मन्दिरमा पूजा आराधनाका लागि पोखरा, स्याङ्जा, तनहुँ, गोरखा, चितवन, काठमाडौँ लगायतका जिल्लाबाट भक्तजन आउने गर्दछन्।

मन्दिरमा दैनिक रविन्द्रनाथ गुरुले पूजा अर्चना गर्दै आउनुभएको मन्दिर व्यवस्थापन अध्यक्ष शारदा कुँवरले जानकारी दिनुभयो।मन्दिर परिसरमा शनिबार नै विभिन्न धार्मिक जडी बुटीहरु रोपिएको महासंघका उपाध्यक्ष भुपेन्द्र गिरीले बताउनुभयो।मन्दिरमा गाईपालन गरिएको छ। त्यसैगरी विभिन्न धार्मिक समयमा पूजा अर्चना गर्दै आएको महासंघ केन्द्रीय सदस्य सूर्य भक्त सिग्देलले बताउनु भयो।

गुरुकुल सञ्चालनको लागि आवश्यक वकालत सरकार सँग गर्न आफू तत्पर रहेको श्री बृहत् आध्यात्मिक परिषदका केन्द्रीय महासचिव योगी दयानाथले प्रतिबद्धता जनाउनुभयो। उहाँले यो गुरुकुलमा भगवानको प्रसादको नाममा फैलिएको लागुपदार्थ गाँजा प्रयोग निषेधित क्षेत्र घोषणा गरिने बताउनुभयो। कार्यक्रममा धर्मसभा कास्कीका सदस्य मनिषा पौडेल, महासंघका उपसभापति शिव बहादुर बराल, सचिव शिव प्रसाद गौतम, कोषाध्यक्ष शशी शर्मा अधिकारी, सदस्यहरु ऋषिशर्मा ढकाल, भरतराज गिरी, ऋषिराम गिरी लगायतले धार्मिक गुरुकुल सञ्चालनमा गरिनुपर्ने पूर्वाधारको विषयमा बोल्नुभएको थियो।

Comments
Loading...