हिमाली आवाज । पोखराको महेन्द्रपुलमा विगत साढे दुई दशकदेखि दन्त उपचार सेवा प्रदान गर्दै आएको माछापुच्छ्रे डेण्टल क्लिनिकले नागपञ्चमीको अवसर पारेर आज पोखराको चिप्लेढुंगास्थित पन्थी गल्ली प्रवेशद्वार नजिकै नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
दन्त उपचारका लागि पोखरामा लामो समयदेखि सेवा दिँदै आएको क्लिनिकले सेवाग्राहीको सहजता र पहुँचलाई ध्यानमा राख्दै नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाबाट पनि दाँत तथा मुखसम्बन्धी विभिन्न समस्याको उपचार सेवा उपलब्ध हुने क्लिनिकले जनाएको छ ।

माछापुच्छ्रे डेण्टल क्लिनिकका सञ्चालक रामराज कोइरालाले नयाँ शाखामा दाँतका सबै प्रकारका उपचारका लागि आवश्यक सेवा तथा सुविधा उपलब्ध गराइएको बताउनुभयो । “ आधुनिक प्रविधि र अत्याधुनिक उपकरणको प्रयोग मार्फत सेवाग्राहीलाई गुणस्तरीय तथा प्रभावकारी दन्त उपचार सेवा प्रदान गर्ने उद्देश्य हाम्रो छ ।” कोइरालाले भन्नुभयो ।
क्लिनिकमा दाँतको सामान्य परीक्षण तथा उपचारदेखि विभिन्न जटिल प्रकृतिका दन्त समस्याको उपचारसम्मका सेवा उपलब्ध हुने जनाइएको छ । अनुभवी जनशक्ति, आधुनिक उपकरण र सहज स्थानका कारण सेवाग्राहीले एकै स्थानबाट आवश्यक दन्त उपचार सेवा लिन सक्ने सञ्चालक कोइरालाले बताउनुभयो ।
महेन्द्रपुलमा लामो समयदेखि सञ्चालनमा रहेको मुख्य शाखाबाट प्राप्त सेवाग्राहीको विश्वासलाई थप विस्तार गर्दै चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याइएको सञ्चालक मीनु कोइरालाले बताउनुभयो । पोखराको व्यस्त व्यापारिक क्षेत्रमध्ये एक चिप्लेढुंगामा शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका साथै आसपासका सेवाग्राहीलाई दन्त उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।
नागपञ्चमीको अवसर पारेर सञ्चालनमा ल्याइएको नयाँ शाखामार्फत आगामी दिनमा पनि सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्दै दन्त स्वास्थ्यसम्बन्धी सेवा विस्तार गर्दै लैजाने क्लिनिकका डेन्टल सर्जन डा विवेक पौडेलले बताउनुभयाे ।
