हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र )अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धर्मबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
माओवादीले आज मतदानबाट नेतृत्व टुँगो लगाएको हो । अध्यक्षमा निर्वाचित गुरुङले अर्का प्रत्याशी भेषराज पौडेललाई पराजित गर्नुभएको हो । गुरुङले ३० र पौडेलले १४ मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षहरुमा शोभाखर अधिकारी ,हरिमाया अधिकारी (तिमिल्सिना ) र इन्द्र भण्डारी निर्वाचित हुनुभयो । सचिवमा नवीन गिरी र सहसचिवमा विष्णुप्रसाद अधिकारी तथा कोषाध्यक्षमा शरणसिं विक निर्वाचित हुनुभएको छ ।
गत मंसिर ११ गते भएको पालिका अधिवेशनमा नेतृत्वमा सहमति नजुट्दा लामो समय नेतृत्व टुँगो लाग्न सकेको थिएन ।