हिमाली आवाज । महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराउनुभएको वैशाख ३० गतेको स्थानीय तह निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ ।

रिटमा तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको थियो ।
त्यसमध्ये आज चौरासियाको रिट पेसी रहेको छ । यसअघि कारण देखाऊ आदेश जारी भएको चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो ।
यदि उक्त अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा असर पर्ने छैन । अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ ।तर, सोमबार अन्तरिम जारी भएमा तोकिएको स्थानीय तहको निर्वाचनमा प्रभाव पर्न सक्छ । आदेश जारी नभएमा निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ ।
