हिमाली आवाज । पोखरामा नेपाली काँग्रेसका कार्यकर्ताले आज पार्टी कार्यालय तोडफोड गरेका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत पोखरा–१८ र २४ गठबन्धनको भागमा परेको र वडाध्यक्षमा उम्मेदवारी दिएका वडाध्यक्षलाई उम्मेदवारी फिर्ता लिन पार्टीले निर्देशन दिएपछि काँग्रेस कार्यकर्ताले पोखराको तेर्सापट्टीस्थित पार्टीको गण्डकी प्रदेश समितिको कार्यालय तोडफोड गरेका हुन् ।
कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा २३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेका सत्ता गठबन्धनका दलहरुले उम्मेदवारी दर्तापछि पनि तालमेलको प्रयास जारी राखेका छन् । शुक्रबार उम्मेदवारी फिर्ता लिने समयसम्म तालमेल टुँगो लगाउने दलहरुको तयारी छ ।

