हिमाली आवाज । पोखरामा हिजो साँझ भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं.२५ हेम्जा स्थित पोखरा–बाग्लुङ सडक खण्डमा पोखराबाट हेम्जा तर्फ जाँदै गरेको ग १७ प १९७० नं. को मोटरसाइकललाई ग १ क ५१५२ नं. को ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक माछापुच्छ«े–४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा ठक्कर लगत्तै आगोलागी भएकामा नेपालीको शरीरको भाग जली घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।
यसैगरी आयोग निभाउने क्रममा ट्रकको साहू पोखरा म.न.पा. २५ हेम्जा बस्ने वर्ष ४१ को क्षेत्र बहादुर कुँवर समेत आगो निभाउने क्रममा जलेर सामान्य घाईते भएको बताइन्छ । प्रहरीले ट्रक चालक पोखरा–२५ लाम्पाटा बस्ने वर्ष २४ का किरण बुढा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
