हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्की जिल्ला समितिको संयोजक पदमा केशब पौडेल चयन हुनुभएको छ । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी निबासी पौडेल ४० बर्ष देखी कम्युनिष्ट पार्टीमा संलग्न हुनुहुन्छ ।
नेकपा माओबादी केन्द्र कास्की जिल्ला समन्वय समितिको आईतबार बसेको बैठकले पौडेललाई संयोजक चयन गरेको हो ।
पार्टीले कास्कीका तिनवटै संघ र प्रदेश सभा निर्वाचन क्षेत्रका संयोजक पनि चयन गरेको छ । जसअनुसार कास्की क्षेत्र नं १ को संयोजकमा विनय थापा, क्षेत्र नं २ मा राजकुमार दुलाल र क्षेत्र नं ३ को संयोजकमा भिमबहादुर विक चयन हुनुभयो ।कास्कीका चार वटै पालिकाका ईन्चार्ज पनि माओबादीले तोकेको छ ।

