देशका यी प्रदेशमा आज अति भारी वर्षाको सम्भावना

हिमाली आवाज । देशभरको मौसममा आज सामान्यतया  बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई  स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा तराई भू–भागका एक– दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

Comments
Loading...