हिमाली आवाज । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण गाउँ पालिका कमिटीले विजयादशमी , शुभ दिपावली , नेपाल सम्वत ११४३, छठ पर्व र ल्होसार –२०७९ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष विष्णुबहादुर केसीले नेपालीहरुका चाडपर्वले सबैमा समृद्धि ल्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।विशिष्ट अतिथि गाउँ पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले चाडपर्वले आत्मियता विकास गर्ने बताउनुभयो ।
शुभकामना आदान प्रदान तथा चियापान साथै नेकपा एमालेवाट निर्वाचित जनप्रतिनिधि सम्मान कार्यक्रममा कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अन्नपूर्ण का अध्यक्ष तोरणबहादुर केसीले गर्नुभयो भने स्वागत मन्तव्य नेराशि सङ्गठन अन्नपूर्ण कमिटीका कोषाध्यक्ष हरि केसीले गर्नुभएको थियो ।
नेपाल वुध्दिजिजी परिषद् अन्नपूर्णका अध्यक्ष नेत्र प्रसाद सुवेदी नेकपा एमाले अन्नपूर्ण वडा न ३ का अध्यक्ष महेश्वर पौडेल ,वडा न ७ का अध्यक्ष भरतमान गुरुङ , सङ्गठनका जिल्ला कोषाध्यक्ष यामनाथ सुवेदी, शिक्षक शिव लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेवाट निर्वाचित गापा अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

