नवौँ राष्ट्रिय खेलकुद :पौडीमा डंगोललाई तीन स्वर्ण ,तेन्जिङको राष्ट्रिय कीर्तिमान

हिमाली आवाज ।नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जित्नुभएको छ । पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पार्नुभयो ।

डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नुभयो । उहाँले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय लगाउनुभयो।

आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जित्नुभयो ।
त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पार्नुभयो ।

त्यस्तै आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य हात पार्नुभयो । डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्नुभएको हो ।

रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७।९९ सेकेन्डको समय निकाल्उनुभयो । ।कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८।८६ सेकेन्डको समय लगाउनुभयो ।

यसैगरी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पार्नुभएको छ । तेन्जिङले २ मिनेट १६।२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक हात पार्नुभयो ।
यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उहाँले २०१९ मा यो कीर्तिमान बनाउनुभएको थियो । दोर्जेको २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान रहेको थियो।तेन्जिङको यो दोस्रो स्वर्ण हो । यसअघि उहाँले ५० मिटर बटरफ्लाईमा स्वर्ण जित्नुभएको हो ।
यस स्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३ः६४ सेकेण्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ः२३ सेकेन्डको समय निकाल्दै कास्य जित्नुभयो ।

१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले आज विहान भएको प्रतियोगीतामा १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गर्नुभयो । उहाँले यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गर्नुभयो । एनआरएनका आशिष साप्कोटाले १६ मिनेट ५७ सेकेण्डमा पुरा गर्नुभयो । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जित्नुभयो ।

Comments
Loading...