हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
शनिबार विहान अन्दाजी ०८ः३० बजेको समयमा माछापूच्छ्रे गा.पा. वडा नं. २ खैमराङ स्थित बारीमा घाँस काट्दै गरेकी महिलालाई भरुवा बन्दुकको छर्रा लागि घाईते भएको भन्ने सूचनाका साथ पुगेको प्रहरी टोलीले सोही ठाउँका ३३ वर्षीय आइतसिँह तामाङलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्ष सुन्दर तिवारीले जानकारी दिनुभयो ।

