हिमाली आवाज । कास्की क्षेत्र नम्बर ३ अन्र्तगत वडा नं ५ मा नेकपा एमाले उम्मेदवारहरुले घरदैलो गरेका छन् ।
सो क्षेत्रका प्रतिनिधी सभा सदस्य उम्मेदवार दामोदर पौडेल बैरागी र राजीव पहारीले घरदैलो गर्दा ठूलो संख्यामा कार्यकर्ताहरुले साथ दिएका थिए । वडा नम्बर ५ एमालेको पक्कड क्षेत्र मानिन्छ ।
घरदैलोका क्रममा स्थानियहरुले उम्मेदवारहरुलाई यस वडाका अधिकांस वडावासी एमालेकै साथमा रहेको बताए । ‘विकास र समृद्धीको सारथी एमाले हो, हाम्रो भोट सूर्यमै जान्छ’–उनीहरुको प्रतिक्रिया थियो ।
घरदैलोका क्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहनुभएका दामु अधिकारीले यो वडामा विगत लामो समयदेखि एमालेको वर्चश्व रहँदै आएको जनाउँदै त्यो विरासतलाई वडावासीले फेरीपनि कायम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

