हिमाली आवाज । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य बर्खास्त हुनुभएको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई मंगलबार पदबाट बर्खास्त गर्नुभयो । मन्त्री आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको बताइन्छ ।
मन्त्री आचार्यलाई बर्खास्त गरिएको मुख्यमन्त्रीको पत्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वीकृत गर्नुभएको छ । प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार एक सूचना जारी गरेर मन्त्री आचार्यलाई बर्खास्त गरिएको जानकारी गराएका छन् । आचार्यको पार्टी नेपाल समाजवादी पार्टी गठबन्धनमा रहेपनि आचार्य भने गठबन्धनको विरोधमा रहँदै आउनुभएको थियो ।

