‘हाम्रो भोट श्यामलाई’

हिमाली आवाज । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुग्नुभयो । उहाँकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्कनुभयो – साझा चोकतिर । साझाचोकमा एमालेका उम्मेदवारहरु आउने हल्ला सुनेपछि उहाँहरु मात्र हैन स्थानिय मतदाताहरु उम्मेदवार आउनु अगावै पोखरा १३ स्थित साझा चोकमा जम्मा भैसकेका थिए ।

केहिवेरमा चुनावी सभामा कास्की क्षेत्र नम्बर १ ‘ख’ का प्रदेश सभा सदस्य उम्मेद्धार बेद बहादुर गुरुङ (श्याम) उपस्थित हुनुभयो । त्यसपछि साझाका मतदाताहरुले फुलमाला लगाएदिए । ७५ वर्षीय सीरसुवा गुरुङले माला लगाइदै आशिर्वाद दिनुभयो र भन्नुभयो,– ‘यसपालीको मेरो भोट भत्ता दिने पार्टीलाई ।’ यी सबै हेरिरहेका अरु मतदाताहरु पनि भन्न थाले – ‘हाम्रो भोट श्यामलाई ।’

पुरानो गाउँ मादी बताउने हाल पोखरा १३ बस्ने ७५ वर्षीय सीरसुवा गुरुङले बेद बहादुर गुरुङ गाउँपालिकाको प्रमुख भएपछि त्यस क्षेत्रमा थुप्रै काम भएको बताउनुभयो । ‘श्याम निकै इमान्दार मान्छे हुनुहुन्छ । उहाँले पहिला नि राम्रो काम गरेको हो । हाम्रो सुख दुखमा साथ दिएको हो । अहिले पनि उठ्नु भएको छ । उहाँलाई जिताएर पठाउछौँ’ भन्नुभयो

बेद बहादुरको व्यक्तित्व निकै राम्रो भएको र उहाँसग स्पष्ट भिजन रहेको कारण जिताउनु पर्ने कुरा स्थानिय राम बहादुर बरालले बताउनुभयो । स्थानिय बोलबिक्रम सापकोटाले एमालेको सरकारले साझा र मादी जोड्ने बिजयपुरको पक्की पुल बनाएपछि धेरै सजिलो भएको र भोट सुर्यमा बताउनुभयो ।

Comments
Loading...