महेन्द्र आधारभुत विद्यालयको हिरक जयन्तीमा सप्ताहव्यापी कार्यक्रम

हिमाली आवाज । कास्कीको अन्नपुर्ण गाँउपालिका १ नागडाँडामा रहेको महेन्द्र आधारभुत बिद्यालयले हिरक जयन्ति समारोह मनाउने भएको छ ।

हिरक महोत्सव अन्र्तगत मंसिर २२ गते देखी २८ गते सम्म साताब्यापी रुपम ाबिभिन्न कार्यक्रमहरु संचालन भईरहेको छ । साँस्कृतीक कार्यक्रम, खेलकुद कार्यक्रम, जनचेतना जगाउने बिभिन्न कार्यक्रम तथा मनरोञ्जनात्मक कार्यक्रमहरु हिरक जयन्तीमा गरिने बिद्यालयका प्रधानाध्यापक ढकराज सुुबेदीले जानाकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवलाई भब्य तथा सभ्य तवर बाट सम्पन्न गर्नको लागि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरपति दाहालको अध्यक्षतामा १०१ सदस्सीय हिरक महोत्सव मुल आयोजक समिति तथा बिभिन्न उप समिति गठन भएका छन् ।

त्यसैगरी लोकराज भण्डारीको संयोजकत्वमा १५ सदस्यि अर्थ संकलन मुल समिति निर्माण भएको छ । महोत्सवमा करीब १ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएकोमा बचत रकम बाट अक्षय कोष निर्माण गरी बिद्यालयको शैक्षिक गुुणस्थर अभिबृद्धि गर्दै बिद्यार्थी संख्या अझ बृद्धि गर्न तथा बिभिन्न भौतिक शैक्षिक गुुणस्तर कायम गरी अत्याधुनिक गुुणस्तरिय शिक्षा प्रदानका लागि उत्कृष्ट नमुुना विद्यालय निर्माण गर्ने बिध्यालयको लक्ष्य छ ।

२०१६ सालमा स्थापना भएको सो विद्यालयले आफ्नो स्थापनाको ६३ बर्षगाँठको अवसर पारी आगामी मंसिर २८ गते हिरक महोत्सवको समापन समारोह गर्दै छ । शूुरुवाती कक्षा अध्ययन गरेका नेपालका पूुर्व प्रधानमन्त्री पुुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हिरक जयन्ति समारोह समापन गरिने विद्यालयले जनाएको छ ।

Comments
Loading...