हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई दलको नेता चयन गरेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । माओवादी केन्द्रले सांसदको सपथ ग्रहण गरेपछि मात्रै संसदीय दलको बैठक बस्ने भनेर पर्खेको थियो ।
बिहीवार प्रतिनिधिसभाका सदस्यले सपथ ग्रहण गरेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरेको हो ।माओवादीले संसदीय दलको प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गरेको छ ।
राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।

