जनप्रिय क्याम्पसलाई जग्गा उपलव्ध गराउँछौ:प्रमुख आचार्य

हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भन्नुभयो,“हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गर्दछु ।”

पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रियक्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने,आर्थिक मितव्ययिता पालना गर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादाभित्र रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बिजुक्छेले आफू राजनीतिक व्यक्ति भएपनि तीन वर्षेकार्यकालमा जनप्रियभित्र राजनीतिक रङ नदिने प्रतिवद्धता जनाउँदै पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ नगर्ने अठोट गर्नुभयो ।

अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, स्वायत्त कार्यक्रमलाई प्रभावकारी बनाउन, शिक्षक कर्मचारीको स्थायी र बढुवा गर्ने कार्यमा कार्यविधि बनाएर काम गर्न आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

 

 

 

संस्थापकपूर्व उपाध्यक्ष हरि बराल, संस्थापक प्राध्यापक प्राडा देवेन्द्रबहादुर लामिछाने, निवर्तमान अध्य क्षतारा गिरी, पूर्व अध्यक्ष दामोदर चालिसे, इन्द्रबहादुर कुँबर, सल्लाहकार परशुराम बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, क्याम्पस प्रमुख लोकराज भण्डारी लगायतका वक्ताले चुनाव जितेको दम्भ नलिई अहङ्कार बिर्सेर क्याम्पसको हितमा क्रियाशील रहन आग्रह गर्नुभयो ।

क्याम्पस सञ्चालक समितिका ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभा मोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित हुनुभएको थियो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले अध्यक्ष बिजुक्छे सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोपयनीयताको सपथ ग्रहण गराउनुभयो । निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमको सभापतित्वमा सम्पन्न पदस्थापना कार्यक्रममा सदस्य एकनारायण अर्यालले शुभकामना मन्तव्य र सदस्य डा.श्रीकान्त शर्मा खतिवडाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

Comments
Loading...