हिमाली आवाज । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले आफ्नो नवौँ स्थापना दिवस मनाएको छ ।
क्लबले बिहीबार साँझ पोखरामा भव्य कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका प्रमुख आतिथ्यतामा पिस सोसाइटीले आफ्नो चार्टड सेलिबे्रसन कार्यक्रम सम्पन्न गरेको हो ।
लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका अध्यक्ष कमल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ जे का सेकेण्ड भाइस गर्भनर मिलन थापा, पानी पँधेरो ट्रेड लिका अध्यक्ष कुलदिप भट्टराई, लायन्स डिष्ट्रिक ३२५ जे एका सचिव मधुसुधन कोइराला, एभरेष्ट बैँक पोखरा न्यूरोडका शाखा प्रमख उज्जवलराज शर्मा, जोन चेयर पर्सन सविता पाण्डे, रिजन चियर पर्सन कमल बस्नेत, रिजन चेयर पर्सन यादव पोखरेल, डिष्ट्रिक अफिसर कुशराज तिमिल्सिना, कम्युनिकेशन चिफ प्रजापति बास्तोला, लगायतले क्लबका सदस्यहरुबीचको एकता र सहकार्यको प्रशंसा व्यक्त गर्दै आगामी दिनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस सोसाइटीका संस्थापक अध्यक्ष रुद्रबहादुर कार्कीले स्थापना दिवसका बारेमा प्रकाश पार्नुभएको थियो भने स्वागत क्लबका उपाध्यक्ष सूर्यप्रसाद घिमिरे र सचिव बासुदेव पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्लबका अध्यक्ष कमल घिमिरेले क्लबलाई नमूना बनाउँदै विभिन्न सामाजिक कार्यहरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

