हिमाली आवाज । पोखराको काजिपोखरी स्थित कालिका वहुमुखि क्यम्पसले शुक्रवार आयोजना गरेको रक्तदानमा ३३ युनिट संकलन भएको छ । ३१ औं वार्षिकोत्सबको अवसरमा क्यम्पसले रक्तदानको आयोजना गरेको हो ।
रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले क्याम्पस प्रमुख विरन्जि गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । क्याम्पसका विद्यार्थी, प्राध्यापक र कर्मचारीले रक्तदान गरेका हुन् ।
क्याम्पस प्रमुख गौतमले रक्तदान मानवीय सेवा भएको उल्लेख गर्नुभयो । रक्त संचार केन्द्रका प्रमुख ज्ञवालीले रक्तदानका कारण कोहि पनि रगतको अभावमा मर्न नपर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख गौतमको सभापतित्वमा भएको कार्यक्रममा काजिपोखरि युथ क्लबका अध्यक्ष बलबहादुर गुरुङ, क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख रविन्द्र बास्तोला, सहायक क्याम्पस प्रमुखहरु युवराज गुरुङ, शालिकराम तिमिल्सिना लगायतको सभागिता थियो ।
यसैगरी क्यम्पसले वार्षिकोत्सबको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापको समेत आयोजना गरेको छ । जस अन्तर्गत छात्र छत्राहरुका लागि नेपाली र अङ्ग्रेजी निवन्ध प्र्तियोगिता, सरसफाइ कार्यक्रम, हाजिरि जवाफ, कविता वाचन कार्यक्रम सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक शिशिर ज्ञवालीले जानकारी दिनुभयो ।
यसैगरी वक्तृत्वकला प्रतियोगिता, छात्र छत्रा व्याडमिन्टन प्रतियोगिता, टोवलटेनिस, भलिबल, हाइजम्प, लङ्जम्प, बास्केटबल प्रतियोगिता सम्पन्न भएको क्याम्पसका प्रशासनिक प्रमुख हुकुमराज थापाले बताउनुभयो ।

