सराङकोटको सार्वजनिक जग्गामा संरचना बनाउने कार्यको विरोध,थापाको संयोजकत्वमा सरोकार समिति गठन

हिमाली आवाज । स्वदेश तथा विदेशमा समेत प्रख्यात पोखराको पर्यटकीय गन्तब्य सराङकोट टाकुरामा स्थानीय समुदायको हित साथै प्रचलित कानुन बिपरित निमार्ण गर्न लागिएको गणेश मुर्ति लगायतका भौतिक संरचना विरुद्ध सराङकोटवासी एकजुट भएका छन् ।

गणेश मन्दिर निर्माणका नाममा व्यापारिक समूहले सार्वजनिक जमिन हत्याई अतिक्रमण गर्ने योजना रहेको भन्दै उनीहरुले सार्वजनिक जमिन संरक्षणको अठोट गरेका हुन् । सराङकोट टपमा रहेको ५६ रोपनी जग्गा मध्येको करीब ५ रोपनी जग्गमा सराङ्कोट धार्मिक विकास समितिले शिव मन्दिर बनाएको र सराङकोटको टप भागमा कुनै व्यक्तिलाई अवैध रुपमा भौतिक संरचना बनाउन समितिले दिएको दावी गरिएको छ ।

आज भएको वृहत् छलफलमा सहभागी स्थानीय अगुवाहरुले स्थानीय समुदायको हित बेवास्था गरिएको र सराङ्गकोट टपको पर्यटकीय विकासको मोडेलको बारेमा सरोकारवालाबीच कहिल्यै छलफल नगरी अपारदर्शि तरिकाले काम भएकाले यसका विरुद्ध आन्दोलित हुने निर्णय गरेका हुन् ।

छलफलमा सराङ्कोट धार्मिक क्षेत्र विकास समितिका आर्थिक गतिविधि र निर्णय प्रकृया पारदर्शि नरहेको, स्थानीय समुदायलाई जानकारी समेत नहुने गरी अनावश्यक भ्यु टावर खडा गरिएको, पहिलो शाह बशंका राजा कुलमण्डल शाहसगँ जोडिएको एैतिहाशिक महत्व, भुमे काली, चण्डी काली र त्यहाँका काल भैरव धार्मिक महत्वलाई नष्ट गरिएको लगायतका विषयहरु उठेका थिए ।

यसैगरीअग्रज राजनितिक पुस्ताको बिवेक संघर्षले जोगाएको ५६ रोपनी जग्गा नयाँ ब्यवस्था आए पछि कहिले राजनीतिक सयन्त्रंले त कहिले स्थानीय निकाय स्वार्थ अनुकुल बिक्री बितरण गनुनै समस्यको जड रहेको धारणा समेत ब्यक्त भएको थियो ।

छलफलमा सहभागी धेरै सहभागीले यो अभियान सराङ्गकोट टप र त्यस क्षेत्रका ५६ रोपनी मात्रै नभई सराङ्गकोट सबै टोलमा रहेको हजारौ रोपनी सार्वजनिक जमिन र सम्पादहरुको ब्यवस्थित अभिलेख तयार पार्न समेत माग गरेका छन् ।

प्राध्यापक, वकिल, इन्जिनियरिङ्ग, समाजशास्त्र, चिकित्सा, पर्यटन, शैक्षिक तथा सामाजिक क्षेत्रमा आवद्ध सामाजिक अगुवाहरु सहभागी भेलाले सराङकोट संरक्षण तथा विकास अभियान सरोकार समिति गठन गरेको छ । अभियानको संयोजकमा धन बहादुर थापालाई चयन गरिएको छ । थापा सराङ्गकोट जन्म थलो भई पोखराको शैक्षिक क्षेत्रका सफल ब्यक्तित्व हुनुहुन्छ ।

तदर्थ समितिमा सराङ्गकोटमा एक घर एक धारा निमार्ण अभियान्ता टिकाराम तिमिल्सिना, उत्पिडित तथा स्थानीय प्रतिनिधित्व गर्दै लक्ष्मण परियार, युवा शैक्षिक ब्यक्तित्व सूर्यवहादुर थापा, अग्रज पर्यटन अभियान्ता पोष्टराज चपाई, पुर्व वडा सदस्यद्धय हरि लम्साल र भोजकुमारी थापा, सामाजिक क्षेत्रबाट अन्नपुर्ण सामादायिक बिकास मञ्चका अध्यक्ष महेशकुमार तिमिल्सिना, सराङ्गकोट टपको पुरात्वतिक अध्येता प्रदिप ढकाल, कृषि पर्यटन अभियान्ता आविष्कार थापा, अग्रज बल बहादुर थापा सदस्य गरी ११ सदस्य रहनुभएको छ । पत्रकार बलराम तिमिल्सिनालाई प्रेस सल्लाहकार तथा अधिवक्ता बलराम तिमिल्सिनालाई कानुनी सल्लाहकारको जिम्मेवारी दिएको दिइएको छ ।

कार्यक्रममा सयोजक धनबहादुर थापाले एकै ठाउँमा उभिएर १५ भन्दा बढी हिमालको दृश्य, ३६० कोणबाटै शहर, नदी, पहाड तथा बस्तीहरुको दृश्य देख्न सकिने सराङ्गकोट संसारको एक मात्र टापु रहे पनी सराङ्गकोटको अहिलेको अवस्था देख्दा आफु चिन्तित भएको बताउनुभयो । उहाँले सराङकोटको पहिचानलाई बचाउनका लागि आफू अभियानको नेतृत्व लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

समितिले आजनै सराङ्गकोट टपको स्थलगत अध्ययन गरेको छ । साथै छिट्टै आयोजना स्थलमानै सार्वजानिक सुनुवाई गर्ने, स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने साथै कानुनी रुपमा अदालतमा पुरातात्विक महत्वको वस्तु नष्ट गरेको तथा सार्वजनिक जमिन दुरुपयोग गरेको बिषयमा रिट दायर गर्ने गरी योजना बनाइएको तदर्थ समितिका सदस्य टिकाराम तिमिल्सिनाले जानकारी दिनुभयो ।

सराङकोट टपको सार्वजनिक जमिन अपारदर्शि तरीकाले व्यापारिक स्वार्थ समूहलाई संरचना बनाउन दिन लागेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । सराङकोटको पहिचान र ऐतिहासिकतालाई जोगाउन र सबै काम पारदर्शि हुनुुपर्ने उनीहरुको माग छ ।

Comments
Loading...