हिमाली आवाज ।गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिनुभएको छ ।
संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन हुनुभयो । यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहनुभएको छ । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ ।
नवनिर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिककर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाउनुभयो ।
संगमका अध्यक्ष डा.कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढककाल, वाम बुद्धिजीवीहरू झलकपाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्तेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति गठनका लागि सर्वसम्मत रूपमा पहल गरेको हो ।
विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारणसभामा सचिव र कोषाध्यक्षले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरिएको थियो ।

