माओवादी अध्यक्ष प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त

हिमाली आवाज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति विद्या भण्डारीले आज अध्यक्ष दाहाललाई प्रधानमन्त्ती नियुक्त गर्नुभएको हो । नेकपा एमालेसहित प्रतिनिधिसभाका १६९ सांसदको समर्थन दाहाललाई प्राप्त भएपछि संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको हो ।

राष्ट्रपति कार्यालयले आइतवार विज्ञप्ति प्रकाशित गरी प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरिएको जानकारी गराएको हो । प्रचण्डको यो तेस्रो कार्यकाल हो ।

Comments
Loading...