हिमाली आवाज । पोखरामा आयोजना भएको गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि लागि स्याङ्जाले जितेको छ ।
गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखी पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा बागलुङलाई ३—२ सेटले पराजित गर्दै स्याङ्जा च्याम्पियन बनेको हो ।
पहिलो सेट २१—२५ ले गुमाएको स्याङ्जाले दोस्रो र तेस्रो सेट समान २५—२३,२५—२३ ले आफ्नो पक्षमा पार्दा चौथो सेट २८—३० ले गुमायो । यसैगरी अन्तिम र निर्णायक खेलमा १५—१३ ले जित्दै स्याङ्जा विजयी बनेको हो ।प्रतियोगितामा विजेता बनेको स्याङ्जाले उपाधि सहित नगद रु दुई लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता बागलुङले नगद रु एक लाख र प्रमाणपत्र प्राप्त ग¥र्यो ।
यसैगरी तेस्रो स्थानका लागि भएको खेलमा नवलपुरले कास्कीलाई हराएको ३—२ सेटले पराजित गरी तृतीय बन्दै नगद रु ५० हजार पुरस्कार पायो । चौथो स्थान हासिल गरेको कास्कीले रु २५ हजार पुरस्कार प्राप्त गरेको छ ।प्रतियोगितामा स्याङ्जाका हरि पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु २० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी उत्कृष्ट सर्भर नवलपुरका घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका मीन सुनार र उत्कृष्ट प्रशिक्षक स्याङ्जाका राजेन्द्र शर्मा घोषित हुँदै जनही रु १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडीको उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता थियो।

