प्रदेश प्रमुखद्धारा गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

हिमाली आवाज । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले यही पुस १८ गतेदेखि अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुख गुरुङले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

अधिवेशन अघि नवनिर्वाचित सांसदहरुलाई सपथ खुवाउने तयारी छ । प्रदेश प्रमुख गुरुङले पुस १३ गते बुधबार गण्डकी प्रदेश सभा सदस्य मध्ये ज्येष्ठ सदस्य पर्वत १ को (१)बाट निर्वाचित मित्रलाल बस्याललाई सपथ खुवाउने तयारी भएको हो । त्यस्तै, पुस १४ गते प्रत्यक्ष निर्वाचित तथा समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्य बनेका सबैलाई सपथ खुवाईनेपनि प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Comments
Loading...