कोन सहकारीको रक्तदानमा ५० यूनिट रगत संकलन

हिमाली आवाज । पोखरा महानगरपालिका वडा न १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले विहीवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २४ औ बार्षिकोत्सवको अवसरमा शिक्षा उपसमितिद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय प्रमुख रमेश घर्तीले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाइ ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नुभएको थियो ।

प्रमुख घर्तीले सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रमले समाजमा सहकारी प्रति सकारात्मक भावना सृजना बताउनुभयो। वडा नं १३ का वडा अध्यक्ष किरण वरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि समाजमा उल्लेखनीय कार्य गरेको चर्चा गर्नुभयो ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कोन सहकारी संचालक समितिका सदस्य शारदा पराजुली(सिग्देल) लगायत रक्तदानका महत्वका बारेमा भनाई राख्नुभएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य गोविन्दप्रसाद सिग्देलले स्वागत र शिक्षा उपसमितिका संयोजक खड्कवहादुर गुरुङ(खुसीमान)ले संचालन गर्नुभयो । रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र केसी समुहको सहभागिता रहेको थियो ।

Comments
Loading...