हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अधिकारीले प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रश्ताव प्रदेशसभाको बहुमतले पारित भएको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सदनमा घोषणा गर्नुभयो ।
साठी सदस्सीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री अधिकारीलाई यसअघि नेकपा(एमाले)का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गर्नुभएको हो ।
विश्वासको मत सम्बन्धी प्रश्तावका पक्षमा नेकपा(एमाले)का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभयो ।
मुख्यमन्त्री नियुक्तिपछि अधिकारीले संविधानको धारा १६८ को उपधारा(४) अनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुभएको हो ।

