हिमाली आवाज । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का कृष्ण प्रसाद धिताल निर्वाचित हुनुभएको छ ।प्रदेशसभाको आजको बैठकमा सभामुखको निर्वाचनको कार्यसूची रहेकामा धितालले बहुमत ३२ मत पाउनुभएको थियो ।
गठबन्धनका उम्मेदवार धिताललाई नेकपा(एमाले)का २१, नेकपा(माओवादी केन्द्र)का आठ,राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक सांसदको मत दिनुभयो । काँग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो ।
सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिनुभएको थियो । नेकपा(एमाले)बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गर्नुभएकाले मतदानमा भाग लिनुभएन भने नेपाली काँग्रेसका एक सदस्य अनुपस्थित रहनुभयो ।
सभामुखमा निर्वाचित हुनुभएका धितात मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १(१) बाट प्रदेशसभामा निवाचित हुनुभएको थियो । उहाँ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्ज हुनुहुन्छ ।

