यति एयरलाइन्स दुर्घटना:६८ को शव फेला,भोलि बिहानैदेखि पुन उद्धार थालिने

हिमाली आवाज । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनाको उद्धार कार्य आज स्थगित भएको छ । आज साँझसम्म ६८ जनाको शव घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । घटनास्थलबाट अझै चार जनाको शव फेला पर्न सकेको छैन ।

सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकोले उद्धारमा कठिनाई भएका कारण भोलि बिहानैदेखि उद्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।“विमानमा सवार मध्ये हालसम्म चार जना अझै फेला पर्नुभएको छैन”, उहाँले भन्नुभयो ।

“ पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव भोलि बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौं”, उहाँले भन्नुभयो, “काठमाडौंका र आफन्त काठमाडौं नै भएका एवम् विदेशी यात्रुका शवलाई हेलिकोप्टर मार्फत पठाउने तयारी गरेका छौं ।”

Comments
Loading...