हिमाली आवाज । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका थप एक जनाको शव आज भेटिएको छ ।
एक जनाको शव आज दिउसो दुर्घटनास्थल सेतीखोँजदेखी ३०० मिटर तल सेती नदीमा फेला परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेकाहरु मध्ये हालसम्म ७१ जनाको शव भेटिएको छ । अब एक जनाको शव प्राप्त हुन बाँकी रहेकाले खोजी जारी रहेको प्रशासनले जनाएको छ ।
काठमाडौंबाट पोखरा आएकोे यती एयरलाईन्सको एटिआर जहाज पोखराको सेती खोंचमा दुर्घटना भएको थियो । विमान दुर्घटनामा परेर बेपत्ता भएकाहरुको मंगलबार विहानैदेखि खोजी जारी राखिएको थियो ।

