काठमाडौं । मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेम आचार्यको बुधबार बिहान उपचारको क्रममा निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको निधन भएको अस्पतालले जनााएको छ । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३६ वर्षीय आचार्य गम्भीर घाइते हुनुभएको थियो । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा शरीरको ८० प्रतिशत भाग जलेको थियो।

