नागरिकता मुद्धामा रवि लामिछाने दोषी ठहर,सांसद र मन्त्री पद गयो

हिमाली आवाज । नागरिकता मुद्धामा उपप्रधानमन्त्री र गृहमन्त्री रवि लामिछानेको पद गएको छ । लामिछानेको नागरिकता मुद्धामा सर्वोच्च अदालतले लामिछानेलाई सांसद हुन अयोग्य ठहर गरेपछि उहाँका सबै पद गएको हो ।

उम्मेदवार मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सर्वोच्च अदालतको संवैधानिक इजालासले फैसला गरेको हो ।

Comments
Loading...