जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

हिमाली आवाज । हिमाल पारिको जिल्ला मुस्ताङको जोमसोमदेखि पोखरा आउँदै गरेको यात्रु बाहक बस कालीगण्डकी नदीमा खसेको छ ।
पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट कालीगण्डकीमा खसेको हो । दुर्घटनामा दुई भारतीयसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस करिब ४५ मिटर तल खसेको हो ।

बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको पौडेलको भनाइ छ ।

Comments
Loading...