कर्मचारी युनियनको स्थापना दिवसमा पोखराको मानव सेवा आश्रममा खाद्यान्न वितरण

हिमाली आवाज । नेपाल निजामती कर्मचारी युनियनको २१औ स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कास्कीले पोखराको मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

युनियनले पोखरा— हेमजास्थित मानव सेवा आश्रमलाई दैनिक उपभोग्य सामग्रीहरू तथा फलफूल र खाद्यान्न वितरण गरेको हो ।

मानव सेवामा युनियनले पनि हातेमालो गरौ भन्ने चाहनाले आश्रममा रहेको १०५ जना वृद्धबृद्धाहरुका लागि करिव रु ३० हजार बराबरको सामग्री सहगोग गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“युनियनको स्थापना दिवस आज देशभर विभिन्न रचनात्मक कार्यक्रम सहित मनाएका छौँ । हामी कास्कीका युनियनकर्मीहरुले मानविय सेवाका लागि मानव सेवा आश्रमलाई सहयोग गरेका हौँ ।”

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सदस्य प्रकाश वरालले युनियनले सँधै रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।सो कार्यक्रममा नेपाली काग्रेस कास्कीका सहसचिव नविन सिग्देल, नेपाली काग्रेस कास्की क्षेत्र न ३ क का सचिव प्रकाश चन्द्र सापकोटा, कास्की युनियनका पदाधिकारीहरु सदस्यहरु सल्लाहाकारहरुको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्वागत एवम उदेश्यमाथि कार्यक्रमका संयोजक लक्ष्मी भद्र वाग्लेले प्रकाश पार्नुभयो भने संचालन सहसचिव जिवनाथ मरासिनी शर्माले गर्नुभएको थियो ।

Comments
Loading...