पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा शोभाकान्त पौडेल निर्वाचित

हिमाली आवाज । पोखरेली ट्याक्सी सेवा प्रालिको आज पोखरामा सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले शोभाकान्त पौडेलको अध्यक्षतामा नयाँ सञ्चाल समिति निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनबाट प्रालिको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर थापा, उपाध्यक्षद्धयमा रामजी घिमिरे र पूर्णबहादुर गुरुङ, महासचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा सुरथ पौडेल सर्वसम्मत चयन हुनुभयो ।

यसैगरी सदस्यहरुमा युवराज गुरुङ, मधुसुदन पौडेल, डिलबहादुर नेपाली, मदन कुमार बस्नेत र डुलबहादुर राना(विकास) रहनुभएको प्रालिका कार्यवाहक कार्यालय प्रमुख कृष्ण देवकोटाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले गर्नुभएको थियो । सो अवसरमा मन्त्री जुग्जालीले व्यावसायीहरुको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

Comments
Loading...