विश्व पर्यटन दिवसमा पृथ्वी होटलको प्रभातफेरी र बसपार्क सरसफाई कार्यक्रम

हिमाली आवाज । विश्व पर्यटन दिवस सेप्टेम्बर २७(असोज १०) का अवसरमा पृथ्वी होटल व्यवसायी समितिले प्रभातफेरी गर्ने भएको छ ।

पोखराको पृथ्वीचोक वरपरका क्षेत्रमा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको समितिले विहान चिप्लेढुँगाबाटदेखी पृथ्वीचोकसम्म प्रभातफेरी गर्ने समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पर्यटन दिवसमा प्रभातफेरी सहित पृथ्वीचोक बसपार्कमा सरसफाई आयोजना गरिएको निर्वतमान अध्यक्ष बालकृष्ण न्यूरेले बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटन बोर्ड गण्डकी प्रदेशसँगको सहकार्यमा विश्व पर्यटन दिवस हामीले मनाउन लागेका छौँ । यसबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास छ ।”

पोखरामा अन्य पर्यटनसँग सम्बन्धित संघ संस्थाले समेत विभिन्न कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाउन लागेका छन् ।

Comments
Loading...