संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा,विमानस्थलमा भव्य स्वागत(फोटो फिचर)

हिमाली आवाज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार अपराह्न पोखरा आउनुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका गुटेरेस नेपाली सेनाको जहाजमार्फत पोखरा विमानस्थलमा अवतरण गर्नुभयो ।

पोखरा विमानस्थलमा गुटेरेसलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गर्नुभयो ।

महासचिव गुटेरेसलाई महानगर प्रमुख आचार्यले ढाका टोपी लगाईदिनुभएको थियो । गुटेरेसको स्वागतमा विमानस्थल बाहिर पञ्चेवाजा सहित विभिन्न जाती तथा समुदायको नृत्य प्रस्तुत गरिएको थियो ।

विमानस्थलबाट गुटेरेस लेकसाईडस्थित फिस्टेल लजमा जानुभएको छ । मंगलबार बिहान अन्नपूर्ण आधार शिविर (एबिसी) का लागि उहाँ निस्कने कार्यक्रम रहेको छ । आधार शिविरमा गुटरेसलाई अन्नपूर्ण गाउँपालिकाको तर्फबाट स्वागतको कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।

Comments
Loading...